Skip to content
LAXMI SUNRISE BANK

रास्वपाको समानुपातिकबाट नाम फिर्ता लिने बढे, डा. रामजी पनि फर्किए

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेहरु बढेका छन् । समानुपातिक सूचीबारे चौतर्फी आलोचना बढेपछि नाम फिर्ता लिने बढेका हुन् ।

यहीबीच रास्वपाको समानुपातिक बन्दसूचीमा परेका डा. रामजी रामले पनि नाम फिर्ता लिएका छन् ।

उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत समानुपातिक सूचीबाट नाम फिर्ता लिएको जानकारी दिएका छन् । ‘दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।’, उनले लेखेका छन् । 

त्यस्तै, उनले संसद्को कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव नहुने भन्दै आफू बाहिरैबाट सामाजिक न्यायको पक्षमा बोल्ने पनि डा. रामजीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK