काठमाडौँ । अबदेखि बीमा कम्पनीमा नगद कारोबार नहुने भएको छ । बीमा प्राधिकरणले सबै भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्नू भनेर दिएको निर्देशन माघ १ गतेदेखि लागू भएसँगै बीमा कम्पनीमा सबै प्रकारका भुक्तानी अबदेखि विद्युतीय प्रणालीबाटै हुने भएका हुन् ।
प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीहरुले अभिकर्ता, कर्मचारी, सेवा प्रदायक वा अन्य पक्षलाई गर्ने सबै प्रकारका भुक्तानी बैंकिङ च्यानलमार्फत गर्नुपर्नेछ ।
भुक्तानी कारोबारलाई स्पष्ट र पारदर्शी बनाउनुका साथै नगद कारोबारलाई निरुत्सहन गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । यसले कम्पनीहरुको कारोबारलाई स्पष्ट बनाउने विश्वास गरिएको छ ।
यसअघि बीमा कम्पनीहरुले फिल्ड भत्ता, साना दाबी खर्च, सर्भेयर शुल्क, अभिकर्ता कमिसन लगायतका भुक्तानी नगद वा बियरर चेकमार्फत गर्दै आएका थिए । तर, अब भने यी सबै प्रकारका भुक्तानी विद्यूतीय प्रणालीमार्फत गर्नुपर्नेछ ।
प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ अनुसार यस्तो निर्देशन दिएको जनाएको छ । निर्देशनमा भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुनेगरि भुक्तानी गर्नुपर्ने व्यवस्था छ । बीमा क्षेत्रमा हुने सम्पूर्ण कारोबारलाई डिजिटलाइज गर्नेगरी यस्तो निर्देशन जारी गरिएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्