Skip to content
LAXMI SUNRISE BANK

यी तीन नेपाली चलचित्र ‘डिशहोम गो’ मा हेर्न सकिने

अर्थ सरोकार

काठमाडौँ । तीन नेपाली चलचित्र डिशहोम गोमा उपलब्ध भएका छन् । ग्राहकहरुले सेन्टीभाईरस, डेसान र सर्टफिल्म दुईचार दिन डिशहोम गोमा हर्न सक्नेछन् ।

चुनावी माहोल, दाउपेच र हास्य रसले भरिएको सेन्टी भाईरसले दर्शकलाई मनोरन्जन दिन्छ भने, सामाजीक संजालको दुरुपयोगका कारण समाजमा पर्ने असरको चित्रण गरिएको डेसानले दर्शकलाई सोंचमग्न बनाउनेछ ।

पुराना चलचित्रहरु भएपनि सिनेमाघरमा हेर्न छुटाएका दर्शकहरुको लागी पे पर भ्यु मा दर्शकलाई हेर्न सुविधा डिशहोम गो ले लिएर आएको छ ।

यस्तै नेपाली सर्टफिल्महरुको चर्चा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भईरहँदा नेपाली दर्शकहरुले सर्वसुलभ हेर्न नपाईरहेको अवस्थामा डिशहोम गो ले नेपाली सर्टफिल्महरुलाई पनि समेट्दै आएको जनाएको छ ।

यी दुई चलचित्र संगै भिनेस राज मौर्य निर्देशित सर्टफिल्म “दुई चार दिन” पनि दर्शकहरुले डिशहोम गो मा हेर्न सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK