Skip to content
LAXMI SUNRISE BANK

जापानमा टुना माछाको लिलामी, एउटै माछा ३२ लाख डलरमा बिक्री !

अर्थ सरोकार

काठमाडौँ । जापानमा एउटै माछा ३२ लाख डलरमा बिक्री भएको छ । जापानको टोकियोमा २ सय ४३ केजीको ब्लुफिन टुना माछा ३२ लाख डलर अर्थात नेपाली ४६ करोड ३२ लाख रुपैयाँमा बिक्री भएको हो । 

उक्त माछा जापानमा प्रख्यात सुसी रेस्टुराँ चेन जनमाईका सञ्चालक कियोमुरा कर्पले किनेका हुन् ।

किमुराले नयाँवर्षमा हुने लिलामीमा चर्को मूल्य तिरेर ब्लूफिन टूना किन्ने गरेका थिए । माछा खरिद गरेपछि किमुराले रेस्टुराँमा सुसी बनाएर बेच्न सो टुना माछा टुक्रा पारेका थिए । हाल उनलाई जापानमा ‘टुना किङ्ग’को संघ्या दिइएको छ । 

जापानको टुना माछाको बजार करिब २ अर्ब डलरको रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आगामी दश वर्षभित्र उक्त बजार बढेर साढे २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK