काठमाडौँ । नेकपा एमालेले दुई जोडी (पतिपत्नी) लाई उम्मेदवारको टिकट दिएको छ । एमालेको शनिबार रातीसम्म बसेको बैठकले दुई जोडीलाई फागुन २१ गतेका प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको टिकट दिएको हो ।
एमालेले धनुषा-४ मा रघुवीर महासेठलाई र धनुषा-३ मा जुलीकुमारी महतोलाई उम्मेदवारको टिकट दिएको छ । उनीहरु दुवैजना श्रीमान-श्रीमती हुन् ।
अघिल्लो निर्वाचनमा पनि उनीहरु दुवैजना धुनषाबाटै चुनाव लडेका थिए । महासेठ एमालेको ११औँ महाधिवेशनमा ओली समूहबाटै उपमहासचिवमा वियजी भएका थिए । उनकी श्रीमती मधेशी महिला सदस्यतर्फ केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् ।
त्यस्तै, एमालेले समानुपातिकतर्फ आदिवासी जनजाति महिलातर्फ उम्मेदवार बनाएकी उषाकला राई र सिन्धुपाल्चोक-२ मा उम्मेदवार बन्न लागेका शेरबहादुर तामाङ पनि श्रीमान-श्रीमती हुन् ।
उनीहरु दुवैजना एमालेको ११औँ महाधिवेशनमा केपी ओलीकै समूहतर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्