काठमाडौँ । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले नाम फिर्ता लिएका छन् । दुवै पार्टीका उम्मेदवारले नाम फिर्ता लिन निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।
मनाङमा एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवारी दर्ता गराएका थिए ।
तर, उनीहरु दुवैजनाले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मनाङमा पाँच जनाको उम्मेदवारी परेको थियो । रास्वपाबाट टिकट पाएका व्यक्ति तोकिएको समयमा निर्वाचन अधिकृतको कार्यालय नपुगेका कारण उम्मेदवारी दिन पाएका थिएनन् ।
नेपाली काँग्रेसबाट भने यसअघि नै निर्वाचित भएका टेक बहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्