काठमाडौँ । उपसचिव तहको परीक्षा स्थगित भएको छ । लोकसेवा आयोगले एक सूचना जारी गर्दै उपसचिव तहको परीक्षा स्थगित गरेको हो ।
आयोगले जारी गरेको सूचना अनुसार असोज २९ गते प्रकाशित सूचनाको विज्ञापन नम्बर १६६६४/१६६९१ र ०८२/८३ (आ.प्र./खुला/समावेशी) न्याय र प्रशासन र लेखापरीक्षण र संघीय संसद सेवा, रा.प. द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा स्थगित गरिएको छ ।
उपसचिवको परीक्षा माघ १० गतेदेखि २८ गेतसम्म हुने कार्यतालिका थियो । तर, निर्वाचनका कारण उक्त परीक्षा नै स्थगित गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार फागुन २१ गतेदेखि प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने भएपछि निर्वाचन आयोगले परीक्षा स्थगित गर्न पत्राचार गरेको थियो । सोही पत्र अनुसार आयोगले परीक्षा स्थगित गरेको हो । तर, परीक्षाको अर्को मिति भने तोकिएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्