काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले वनजंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन् । कार्यकर्तासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाल सरकारको नीति जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने शाहको भनाई छ । उनले जंगल छेउमा बस्ने नागरिकको जति जग्गा छ, त्यति नै जग्गा अन्य स्थानमा दिएर स्थानान्तरणको नीति लिनु उचित हुने बताएका छन् ।
‘जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हो । उहाँहरुको जति जग्गा छ, उहाँहरुको पाँच आना जग्गा छ, दुई रोपनी जग्गा छ कति छ, त्यो हिसाबले स्थानान्तरण गरेर सरकारले अर्को ठाउँमा राखिदिनुपर्छ ।’, उनले भने, ‘मान्छेलाई जंगलसँगै राखिदिनु भएन ।’
उनले जंगल र जंगली जनावर बढेको राम्रो भएको भन्दै जंगल र मानिसलाई सँगै राख्न नहुने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्