Skip to content
LAXMI SUNRISE BANK

‘कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ’ -गगन थापा

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरूले समयानुसार कांग्रेस बदलेको र अब देश बदल्ने बताएका छन् ।

केन्द्रीय कार्यालयमा शुक्रबार पद बहाल गरेपछि उनले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ प्रतिबद्धता जनाएका हुन् ।

‘यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ, हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,’ सभापति थापाले भने । आजै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK