Skip to content
LAXMI SUNRISE BANK

एक जगदीश खरेललाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्दा, अर्कै जगदीश खरेलका शुभचिन्तक नै कन्फ्युजनमा !

अर्थ सरोकार

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण पेस गर्न भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ को व्यवस्थाको प्रतिकूल हुनेगरी दलको झण्डा प्रयोग र आचारसंहितामा तोकेको भन्दा बढीको जुलुस लिएर गएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।

तोकिएको समयभित्रै आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको आयोगले जनाएको छ ।

आयोगले स्पष्टिकरण सोधेका जगदीश खरेल दोलखाका उम्मेदवार हुन् । तर, आयोगले स्पष्टिकरण सोधेका जगदीश खरेल र लतिलपुर–२ बाट उम्मेदवारी दिएका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश धेरै ‘कन्फ्युज’ भएका छन् ।

यद्यपि, दुवै जगदीश खरेल दोलखाका हुन् । दुवैले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका छन् । एकजनाले दोलखाबाट उम्मेदवारी दिएका छन् भने अर्को जगदीश खरेलले ललितपुरबाट उम्मेदवारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK