काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जालाउनेलाई कसरी कारवाही गर्ने ? भनेर आफूले सोचिरहेको बताएका छन् । झापामा जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका संरचनाको निरीक्षण गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानून अनुसार दोषी भएको बताए।
आपराधिक गतिविधि गर्नेहरुलाई कारवाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने भन्दै ओलीले सार्वजनिक सम्पत्तिमा क्षति गर्नेलाई कारवाही गर्ने बताएका छन् । ‘…अरुको घर जलाएर छोडिदिन पाइन्छ ?’, उनले भने, ‘अहिलेको सरकार सायद उनीहरुकै सरकार हो । त्यसकारण उनीहरुलाई जोगाउने काम गरेको छ ।’
ओली फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न सोमबार झापा पुगेका थिए । उनले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्