Skip to content
LAXMI SUNRISE BANK

झण्डै आधा दर्जन बढी चार्टर्ड एकाउन्टेन्टहरू चुनावमा होमिँदै, जनताले देख्न पाउलान् त चार्टर्ड एकाउन्टेन्ट सांसद ? 

अर्थ सरोकार

काठमाडौँ । आशन्न प्रतिनिधि सभाको निर्वाचनमा आधा दर्जन सिएहरु निर्वाचनमा होमिने भएका छन् । विभिन्न पार्टीबाट सिफारिस भएका सिएहरुमध्ये ६-७ जना सिएले निर्वाचनमा टिकट पाउने सम्भावना बढ्दै गर्दा उनीहरु चुनावमा होमिने स्थिति देखिएको हो ।

कतिपयले त चुनावको तयारीसमेत गरिसकेका छन् ।

यसरी चुनावको तयारी गर्नेमा आइक्यान अध्यक्ष निल बहादुर सारुमगरसहित, एक्यानको निर्वाचनको रेस छाडेका सिएसम्म छन् ।

एक्यानकै एक पदाधिकारीसमेत चुनावका लागि टिकट मिलाउन लागि परेका छन् । टिकट पाएमा उनी एक्यान छाडेर चुनावमा होमिनेछन् ।

अघिल्लो चुनावमा पनि ५ जना सिए विभिन्न ठाउँहरुबाट उम्मेदवार बनेका थिए । तर, ती कोहि सिएले पनि चुनावमा पानीसमेत भन्न पाएका थिएनन् । यसपटकको चुनावपछि देशले सिए सांसद पाउला वा नपाउला, त्यो भने हेर्न बाँकी नै छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK