Skip to content
LAXMI SUNRISE BANK

बाजेको सेकुवाको २६औँ शाखा धनगढीमा भव्य रूपमा शुभारम्भ

अर्थ सरोकार

काठमाडौँ । नेपाली मौलिक स्वादको ४८ वर्षे गौरवमय विरासत बोकेको बाजेको सेकुवाले धनगढीको हसनपुर-०५ (जेन्ज मार्गको अगाडि) मा आफ्नो २६औँ शाखा सञ्चालनमा ल्याएको छ । यस नयाँ शाखाको विस्तारसँगै बाजेको सेकुवाको चर्चित मौलिक स्वाद अब सुदूरपश्चिम प्रदेशमा पनि उपलब्ध भएको छ ।

आफ्नो सिग्नेचर सेकुवा, छोयला, खाजा सेट र दाउराको आगोमा पकाइएका परम्परागत स्वादहरूका लागि प्रख्यात यस ब्रान्डले सांस्कृतिक सम्पदा र आधुनिक सुविधाको सङ्गमलाई ध्यानमा राख्दै ग्राहकहरूलाई न्यानो र पारिवारिक वातावरण प्रदान गर्नेछ ।

नेपालको समृद्ध खानपान परम्परालाई जगेर्ना गर्ने, गुणस्तरीय सेवा दिने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्ने आफ्नो प्रतिबद्धतालाई यस विस्तारले थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK