Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा मात्र निर्वाचन प्रहरीमा ६ जना ‘डिग्री होल्डर’ ! 

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ निर्वाचन प्रहरीमा ६ जना ‘डिग्री होल्डर’ (स्नातकोत्तर उत्तीर्ण) रहेको पाइएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँमा भर्ना भएका ४ हजार ८ सय ७३ निर्वाचन प्रहरीमध्ये ६ जना ‘डिग्री होल्डर’ रहेको पाइएको हो । 

त्यस्तै, काठमाडौँमा भर्ना भएका निर्वाचन प्रहरीमध्ये ३५ जना स्नातक उत्तीर्ण रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

देशभरबाट स्नातकोत्तर र स्नातक उत्तीर्ण गरेकाहरुको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीले हालसम्म १ लाख २२ हजार ९ सय ८० जना निर्वाचन प्रहरीले छनोट गरेको छ भने सशस्त्र प्रहरीले १५ हजार १ सय १० जना निर्वाचन प्रहरी छनोट गरेको छ । उनीहरुलाई माघ १८ गतेदेखि १० दिने तालिम दिन सुरु गरिसकिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK