काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले सशक्तिकरण, नेतृत्व र गुणस्तर वृद्धि तालिम सम्पन्न गरेको छ । लघुवित्तले सातै प्रदेशमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
माघ २४ गतेबाट कोशि प्रदेशको ईटहरी बाट शुरु गरीएको तालिम फागुन ०८ गते कर्णाली प्रदेशको विरेन्द्रनगर, सुर्खेतमा समापन गरिएको छ । सबै स्थानमा आयोजना गरिएको तालिम कार्यक्रममा १४० वटै शाखाहरुमा कार्यरत सबै तहका कर्मचारीहरु तथा २२ जना कार्यक्रम अधिकृतहरु गरी ५०० जना कर्मचारी सहभागी भएका थिए ।
तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले वर्तमान अवस्थामा लघुवित्त क्षेत्रमा देखिएको चुनौतीहरुलाई समाधान गर्न कर्मचारीहरुको क्षमता अभिवृद्धि, सशक्तिकरण, नेतृत्व विकास र गुणस्तरीय व्यवसाय वृद्धि विषयमा प्रशिक्षण दिएका थिए भने उक्त तालिममा सहायक महाप्रवन्धक मनरुपा पौडेल, चिफ विजिनेस अफिसर चन्दन कुमार सरदार जोखिम विभाग प्रमुख टोप बहादुर रास्कोटीले सहजीकरण गरेका थिए ।
सबै प्रदेशमा संचालन भएको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले अर्धवार्षिक लक्ष्य शत्प्रतिशत हासिल गरेका शाखाहरुलाई वधाई ज्ञापन तथा सम्मान गर्दै लक्ष्य पुरा गर्न नसकेका शाखाहरुले आगामी दिनहरुमा थप जिम्मेवार, कर्तव्यनिष्ठ, सकारात्मक उर्जा लिएर कार्य गर्न निर्देशन दिँदै कर्मचारीको उच्च मनोवल बृद्धि गराउन आफु सधैँ कर्मचारीको पक्षमा रहेको बताए ।
यसै अवसरमा आर्थिक वर्ष २०८२/२०८३ को अर्धवार्षिक प्रगती समिक्षाका बारेमा सूचना प्रविधी विभागमा कार्यरत राम प्रसाद पौडेल र टोप बहादुर रास्कोटीले डाटा प्रस्तुतीकरण गरेको थियो ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ५७ जिल्लाहरुमा १४० शाखा कार्यालयहरुको सञ्जाल मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले २०८२ पौष मसान्तसम्ममा १ लाख ६ हजार सदस्य मार्फत २ अर्ब ११ करोड बचत संकलन गरी ३३ हजार ऋणी मार्फत ५ अर्ब ९५ करोड कर्जा प्रवाहा भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्