Skip to content
LAXMI SUNRISE BANK

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ आयातमा निर्भर, ६ महिनामा ३७ अर्ब ८५ करोड संकलन

अर्थ सरोकार

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । कार्यालयले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा रू एक खर्ब १६ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । तर, यहाँको राजस्व सङ्कलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै ६ महिनामा रू ३७ अर्ब ८५ करोड सङ्कलन भएको छ ।

दोस्रो धेरै राजस्व सङ्कलन यातायातका साधन र तिनका पार्टपुर्जा आयाबाट भने रू १३ अर्ब ९८ राजस्व सङ्कलन भएको छ । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताएका छन् ।

चालु आवको ६ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रू ६ अर्ब ८३ करोड, कपडा आयातबाट रू ५ अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपुर्जाबाट रू ४ अर्ब ९१ करोड राजस्व सङ्कलन भएको छ ।

त्यस्तै, मदिराजन्य पेयपदार्थको आयातबाट भने रू एक अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ । शृङ्गारको सामानबाट एक अर्ब ८१ करोड राजस्व उठेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK