काठमाडौँ । बाघको छाला तस्करीमा संलग्न चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय हुने भएको छ । ५ वर्ष कैद सजाय सुनाउने जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले सदर गरेसँगै चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय हुने भएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय राजुकुमार खतिवडा र दीपक खनालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो ।
योसँगै होटल म्यानेजरको रूपमा कार्यरत चिनियाँ नागरिक मा जिङ्गबिनलाई ५ वर्ष कैद सजाय हुने भएको छ भने एक हजार रुपैयाँ क्षतिपूर्ति शुल्क तिर्नुपर्ने भएको छ ।
सोही मुद्दामा अन्य तीन चिनियाँ नागरिकहरु जाओ पेङचेङ, निउ युलियाङ र पेङ हुईलाई भने उच्च अदालतले सफाइ दिएको छ । २०७८ असार २१ गते राति काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित ‘जियाङहु केजान होटल’मा प्रहरीले छापा मारेको थियो । सो क्रममा २०१ नम्बर कोठामा जुवा खेलिरहेको अवस्थामा चार चिनियाँ नागरिक पक्राउ परेका थिए । होटलको २०३ नम्बर कोठा खानतलासी गर्दा टाउकोदेखि पुच्छरसम्म १० फिट लामो पाटेबाघको छाला फेला परेको थियो ।
यस्तै, होटलबाट बुद्धचित्त ९०० गेडा, २७ केजी रुद्राक्ष, कस्तुरीको बिना जस्तो देखिने २० टुक्रा र नगद ८ लाख ८९ हजार १५५ रुपैयाँसहित ठुलो परिमाणमा मोबाइल र एटिएम कार्डहरू समेत बरामद गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्