काठमाडौं । राइडर र यात्रु दुवैको सुरक्षा र भरोसालाई प्राथमिकतामा राख्दै राइड–सेयरिङ कम्पनी पठाओले अत्याधुनिक प्रविधि, तत्काल प्रतिक्रिया प्रणाली, बीमामा आधारित सुरक्षात्मक व्यवस्था लगायतका सेवामार्फत आफ्नो सेवालाई थप जिम्मेवार र सुरक्षित बनाउँदै लगेको छ । दुर्घटना, आपत्कालीन अवस्था तथा दैनिक गुनासोलाई प्रभावकारी रूपमा सम्बोधन गर्न कम्पनीले क्विक रेस्पोन्स टिम (क्यूआरटी), २४सैँ घण्टा कल सेन्टर, मोनिटरिङ तथा आय–सुरक्षा कार्यक्रम लागू गर्दै आइरहेको छ ।
सुरक्षालाई थप मजबुत बनाउन परिचालन गरिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी)ले दुर्घटना, विवाद, शङ्कास्पद गतिविधि वा आपत्कालीन सूचनामा तत्काल छानबिन गरी समस्या समाधान गर्दछ । यात्रु र राइडर दुवैको सुरक्षालाई सुनिश्चित गर्न पठाओ एपभित्र लाइभ लोकेसन सेयर गर्ने सुविधा उपलब्ध छ । साथै, इमर्जेन्सी कल जस्ता विशेष सुरक्षा फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ । सेवा गुणस्तर कायम राख्न अनिवार्य अनलाइन प्रशिक्षण, परीक्षामा न्यूनतम ८० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था तथा प्रत्यक्ष भेरिफिकेशन प्रक्रिया निरन्तर रूपमा लागू गर्दै आइरहेको छ ।
दुर्घटनाका कारण काम गर्न नसक्ने अवस्थामा पनि राइडरको आम्दानीमा असर नहोस् भन्ने उद्देश्यले पठाओले ‘पठाओ बेनिफिट प्रोग्राम’ अन्तर्गत बेड–रेस्ट भत्ता सहितका आय–सुरक्षा योजना लागू गरेको छ । यसअन्तर्गत श्रेणीअनुसार रु. १०,००० देखि ३०,००० सम्मको राहत प्रदान गरिन्छ । साथै, दुर्घटनाको अवस्थामा अधिकतम रु. १०,००,००० सम्मको बीमा सुरक्षा र उपचारका लागि रु. १,००,००० सम्मको मेडिकल बीमा सुविधा पनि उपलब्ध गराइएको छ । यसरी नेपालमा बीमाको सुविधा दिनेमा पठाओ पहिलो कम्पनी हो ।
गुनासो व्यवस्थापनलाई प्राथमिकतामा राख्दै पठाओले कम्प्लेन रिसोलुसन टिम गठन गरेको छ, जसले छिटो, पारदर्शी र प्रभावकारी रूपमा समस्या समाधान गर्ने लक्ष्य लिएको छ । यात्रु तथा राइडरले प्रत्यक्ष रूपमा समस्या राख्न सक्ने वाक–इन सपोर्ट सेवा पनि उपलब्ध गराइएको छ, जहाँ कागजात अपडेट, व्यवहारसम्बन्धी गुनासो, सेवा विवरण तथा प्रशिक्षणसम्बन्धी सहायता प्रदान गरिन्छ ।
पठाओ नेपालकी निर्देशक सुरक्षा हमालका अनुसार यात्रुलाई निरन्तर सुरक्षित महसुस गराउने उद्देश्यले कम्पनीले आफ्नो कार्यप्रणाली र सेवालाई निरन्तर सुदृढ बनाउँदै आएको छ । ‘यात्राका क्रममा देखिने आपत्कालीन अवस्थादेखि दैनिक रूपमा आउने गुनासोलाई सम्बोधन गर्न पठाओले २४सैँ घण्टा कल सेन्टर सेवामा विशेष ध्यान दिएको छ । यसले पछिल्लो समय धेरै प्रभावकारी पनि भएको छ । यात्रु र राइडर दुबैले सुरक्षित महसुस गरेका छन् ।,’ उनले भनिन् ।
सुरक्षा व्यवस्थाबारे स्पष्ट पार्दै निर्देशक हमालले भनिन्, ‘पठाओका लागि राइड सेयरिङ सेवा सञ्चालन गर्नु मात्र पर्याप्त होइन । राइडर र यात्रु दुवैको सुरक्षालाई व्यवहारिक रूपमा सुनिश्चित गर्नु र आवश्यक परेको समयमा साथ दिनु हाम्रो जिम्मेवारी हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्