Skip to content
LAXMI SUNRISE BANK

फेक रेस्क्यु प्रकरणः सिद्धि अस्पतालका सञ्चालक डा. तिमिल्सिना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा आज तिमिल्सिनालाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिससँगको मिलेमतोमा अस्पतालले नक्कली कागजात तयार पारी बिमा ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

उक्त प्रकरणमा यसअघि तीन कम्पनीका ६ जना पक्राउ परिसकेका छन् । उक्त प्रकरणले अन्तरराष्ट्रियस्तरमा नेपालको पर्यटन क्षेत्रलाई गम्भीर क्षति पुर्याएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका डा. तिमिल्सिनाविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) र अन्य किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK