काठमाडौँ । नेपाल प्रहरीले पहिलोपटक रासनमा मासु, अण्डा र हाई प्रोटिन भएको बिस्कुट पाउने भएका छन् । नेपाल सरकारले फागुन १ गतेदेखि लागू हुनेगरि प्रहरीको रासनमा मासु, अण्डा र बिस्कुट थप गरेको हो ।
यसो त यसअघि नेपाल प्रहरीले रासनमा मासु, अण्डा र बिस्कुट पाउँदैनथे ।
तर, सशस्त्र प्रहरी र नेपाली सेनालाई भने रासनमा मासु, अण्डा र बिस्कुट दिइँदै आएको थियो । यही कारण सरकारले सुरक्षाकर्मीको रासनमै विभेद गरेको भन्दै गुनासो आउने गरेको थियो । तर, अब भने नेपाल प्रहरीले पनि रासनमा यी तीन वस्तु पाउने भएका छन् ।
मासु, अण्डा र बिस्कुट थप गरेसँगै नेपाल प्रहरीले अब रासनमा १९ प्रकारका सामान पाउने भएका छन् । अब प्रहरीलाई रासनमा २५ ग्राम मासु, दैनिक एउटा अण्डा र हाई प्रोटिन भएको बिस्कुट दिइनेछ ।
ब्यारेकमा खाना नखाने प्रहरीलाई त्यसबापतको रकम उपलब्ध गराइने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्