Skip to content
LAXMI SUNRISE BANK

खर्च बढेपछि घलेम्दी हाइड्रोपावरको नोक्सानी झन् बढ्यो

अर्थ सरोकार

काठमाडौँ । घलेम्दी हाइड्रोपावरको नोक्सानी झनै बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी १६ लाख ९७ हजार रुपैयाँबाट बढेर १ करोड ७० लाख रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६ करोड ७४ लाख रुपैयाँबाट बढेर ६ करोड ९७ लाख रुपैयाँ पुगेको छ । 

विद्युत बिक्री आम्दानी बढे पनि खर्च बढ्दा कम्पनीको खुद नोक्सानी बढेको हो । यस अवधिमा कम्पनीको कुल खर्च ८ करोड ६० लाख रुपैयाँबाट बढेर ८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीले प्रकाशित गरेको विवरण अनुसार कम्पनीको अन्य आम्दानी २ करोड २५ लाख रुपैयाँबाट घटेर २१ लाख ९१ हजार रुपैयाँमा झरेको छ भने कुल आम्दानी ८ करोड ९९ लाखबाट घटेर ७ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ६५ पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK