काठमाडौँ । सुनचाँदी व्यवसायी महासंघको वेबसाइट ‘डाउन’ भएको छ । आइतबार बिहानैदेखि महासंघको वेबसाइट ‘डाउन’ भएको हो ।
एकैपटकमा धेरैले साइट भिजिट गरेपछि वेबसाइट ‘डाउन’ भएको बताइएको छ ।
यसो त पछिल्लो समय सुनको मूल्यमा आएको नाटकीय उतारचढावका कारण सुनको मूल्यप्रतिको चासो ह्वात्तै बढेको छ ।
सुनको मूल्यप्रति नागरिकको चासो बढेपछि धेरैले सुनको मूल्य हेर्नकै लागि सुनचाँदी व्यवसायी महासंघको साइट खोल्ने गर्छन् । यसरी धेरैले वेबसाइट भिजिट गर्न थालेपछी महासंघको साइट नै डाउन भएको थियो । आइतबार बिहानभर ‘डाउन’ रहेको महासंघको वेबसाइट हाल भने महासंघको चलिरहेको छ ।
आइतबार मात्र पनि सुनको मूल्य ९ हजार पाँच सय रुपैयाँले बढेको छ । एकैदिन ९ हजार पाँच सयले बढेको सुनको मूल्य आइतबार प्रतितोला ३ लाख ५ सय रुपैयाँ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्