काठमाडौँ । सरकारले इरानमा रहेका नेपाली नागरिकहरूलाई जतिसक्दो स्वदेश फर्किन अपिल गरेको छ । परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै स्वदेश फर्किन अपिल गरेको हो ।
इरानमा विकसित हुँदै गएको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै सरकारले इरान जान तयारी गरिरहेकाहरुलाई पनि भ्रमण स्थगित गर्न अनुरोध गरेको छ ।
‘इरानमा विकसित हुँदै गएको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै, नेपाली नागरिकहरूलाई परिस्थिति सामान्य नहुञ्जेलसम्म इरान यात्रा गर्ने कुनै पनि योजना स्थगित गर्न कडा रूपमा अनुरोध गरिन्छ । त्यसैगरी, हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध जुनसुकै माध्यम प्रयोग गरी सकेसम्म चाँडो देश छोड्न सल्लाह दिइन्छ ।’ मन्त्रालयले जारी गरेको ट्राभल एड्भाइजरीमा भनिएको छ ।
नेपाली नागरिकहरूलाई आपत्कालीन अवस्थामा देश छोड्न सहज होस् भन्नका लागि पासपोर्ट तथा परिचयपत्रसहितका यात्रा सम्बन्धी सबै कागजातहरू तयार अवस्थामा राख्न सरकारले सुझाब दिएको छ ।
परराष्ट्र मन्त्रलयले समन्वयका लागि नेपालस्थित दूतावास, कतारस्थित दूतावाससँग सम्पर्कमा रहिरहन पनि भनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्