Skip to content
LAXMI SUNRISE BANK

इरानमा रहेका नेपालीलाई छिटो नेपाल फर्किन सरकारको अपिल, जाने तयारीमा रहेकालाई पनि नजान आग्रह !

अर्थ सरोकार

काठमाडौँ । सरकारले इरानमा रहेका नेपाली नागरिकहरूलाई जतिसक्दो स्वदेश फर्किन अपिल गरेको छ । परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै स्वदेश फर्किन अपिल गरेको हो ।

इरानमा विकसित हुँदै गएको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै सरकारले इरान जान तयारी गरिरहेकाहरुलाई पनि भ्रमण स्थगित गर्न अनुरोध गरेको छ ।

‘इरानमा विकसित हुँदै गएको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै, नेपाली नागरिकहरूलाई परिस्थिति सामान्य नहुञ्जेलसम्म इरान यात्रा गर्ने कुनै पनि योजना स्थगित गर्न कडा रूपमा अनुरोध गरिन्छ । त्यसैगरी, हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध जुनसुकै माध्यम प्रयोग गरी सकेसम्म चाँडो देश छोड्न सल्लाह दिइन्छ ।’ मन्त्रालयले जारी गरेको ट्राभल एड्भाइजरीमा भनिएको छ ।

नेपाली नागरिकहरूलाई आपत्कालीन अवस्थामा देश छोड्न सहज होस् भन्नका लागि पासपोर्ट तथा परिचयपत्रसहितका यात्रा सम्बन्धी सबै कागजातहरू तयार अवस्थामा राख्न सरकारले सुझाब दिएको छ ।

परराष्ट्र मन्त्रलयले समन्वयका लागि नेपालस्थित दूतावास, कतारस्थित दूतावाससँग सम्पर्कमा रहिरहन पनि भनेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK