Skip to content
LAXMI SUNRISE BANK

‘कोडिङ किकस्टार्ट ३.०’ को ग्राण्ड फिनाले काठमाडौँमा सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । ‘कोडिङ किकस्टार्ट ३.०’ को ग्राण्ड फिनाले काठमाडौँमा सम्पन्न भएको छ । मेरो कोडिङ क्लास प्रालिले आयोजना गरेको ‘कोडिङ किकस्टार्ट ३.०’ को ग्राण्ड फिनाले फागुन २ गते (शनिबार) काठमाडौँमा सम्पन्न भएको हो । 

कार्यक्रममा ब्लक-आधारित कोडिङ (कक्षा ३-५), एप डेभलपमेन्ट (कक्षा ६-७) र रोबोटिक्स एण्ड आईओटी (कक्षा ८-१०) गरी तीन विधामा प्रतिस्पर्धा गरिएको थियो । 

प्रतिस्पर्धामा विभिन्न चरणको छनोटबाट २४ टोली फाइनलमा पुगेका थिए । फाइनलमा सहभागी टिमको प्रत्यक्ष प्रस्तुतिमार्फत मूल्यांकन गरी विजेता घोषणा गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा ब्लक-आधारित कोडिङ विधामा ग्लोबल पाठशाला विजय भएको छ । त्यस्तै, एप डेभलपमेन्ट विधामा दरबार हाईस्कुल (सरकारी स्कुल) र रोबोटिक्स एण्ड आईओटी विधामा ज्ञानोदय बाल बाटिका उच्च माध्यामिक विद्यालय विजेता भएको छ । आयोजकका अनुसार प्रत्येक विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । 

उक्त प्रतियोगिताले विद्यार्थीलाई कक्षाभन्दा बाहिर गएर प्राविधिक कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई प्रविधिका सिर्जनाकर्ता बन्न प्रेरित गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विद्यार्थी, अभिभावक, शिक्षक र उद्योगकर्मी गरी करिब ५ सय जनाको सहभागिता रहेको थियो ।

मेरो कोडिङ क्लास प्रालि सन् २०२१ देखि नेपालमा विद्यालयस्तरीय विद्यार्थीका लागि कोडिङ, रोबोटिक्स र एआई शिक्षा प्रदान गर्दै आएको कम्पनी हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK