काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको हो ।
सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्ण रुपमा खर्च गर्न नसकिने भन्दै खर्चको लक्ष्य घटाएको छ । अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षमा १५ खर्ब १५ अर्ब ३७ करोड रुपैयाँ हाराहारी मात्र बजेट खर्च हुने अनुमान रहेको जानकारी दिएका छन् । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको थियो ।
‘बजेट कार्यान्वयनको सन्दर्भमा विनियोजित १९ खर्ब ६४ अर्ब रुपैयाँ नै खर्चको लक्ष्य भए पनि निर्वाचन खर्च जुटाउनुपर्ने र अरु प्राविधिक कारणले खर्चको स्रोत अपुग हुने भएकाले खर्च कम गर्न खोजिएको हो ।’, उनले भने, ‘अहिले नेपाल सरकारको सञ्चित कोषमा हाल कोषमा १ खर्ब ३० अर्ब मात्र नगद सञ्चित छ । यसले गर्दा पनि बजेटमा केही नियन्त्रण गर्नुपर्ने छ ।’
त्यस्तै, उनले चालु वर्षको लागि अनुमान गरिएको पुँजीगत खर्च करिब २१ प्रतिशत न्यून हुुने अनुमान रहेको पनि जानकारी दिएका छन् ।
हाल मुलुकसँग २२ अर्ब ४७ करोड अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ । त्यस्तै, देशबाट बाहिरिने भन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) घटेर १.७ प्रतिशतमा सीमित भएको छ । निक्षेपको औसत ब्याजदर पनि ३.५६ प्रतिशतमा झरेको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा सीमित छ ।
त्यस्तै, विश्व अर्थतन्त्र ३.३ प्रतिशत र छिमेकी भारत ७.३ तथा चीन ५ प्रतिशतले बढ्ने प्रक्षेपण छ । आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ३.० प्रतिशत रहने प्रारम्भिक अनुमान मन्त्रालयको रहेको छ । बैंकिङ क्षेत्रतर्फ निजी क्षेत्रमा जाने कर्जा ६.७ प्रतिशतले बढेर झन्डै ५७ खर्ब पुगेको छ भने निक्षेप संकलन ५.७ प्रतिशतले बढेर ७६ खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्