काठमाडौँ । काठमाडौँको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । मंगलबार बिहान रङ्गीविरङ्गी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो ।
हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुरजस्तो देखिने रङ्गीविरङ्गी होली चीर ठड्याइएको हो । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो ।
चीर ठड्याएसँगै राजधानी काठमाडौँ लगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णयसँगै आज चिर ठडाइएको हो । होली पर्वको शुभारम्भ भएको जनाउ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको छ ।
पौराणिक कालदेखि सुरु भएको होलीको विशेष महत्व रहिआएको छ । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसियालीमा रङसहित मनाउने पर्वको रुपमा लिने गरिन्छ। धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म एकी थिइन् । आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ। यही विश्वास अनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्