Skip to content
LAXMI SUNRISE BANK

वाणिज्य बैंकका निक्षेपकर्ताले बैंकबाट पाउने ब्याज घट्यो, गतवर्ष १ खर्ब ६१ अर्ब कमाउँदा यो वर्ष कति पाए ?

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकका निक्षेपकर्ताले ब्याजबापत १ खर्ब ३४ अर्ब बढी रकम कमाएका छन् । यस अवधिमा वाणिज्य बैंकमा बचत गरेका निक्षेपकर्ताले कुल १ खर्ब ३४ अर्ब ७८ करोड ५५ लाख रुपैयाँ कमाएका हुन् । 

चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकका निक्षेपकर्ताले कमाएको ब्याज गत आर्थिक वर्षको तुलनामा १६.५० प्रतिशतले कम हो । 

गत आर्थिक वर्षको पहिलो ६ महिनामा निक्षेपकर्ताले ब्याजबापत निक्षेपकर्ताले कुल १ खर्ब ६१ अर्ब ४२ करोड १९ लाख रुपैयाँ कमाएका थिए । चालु आर्थिक वर्षको ६ महिनामा ग्लोबल आइएमई बैंकका निक्षेपकर्ताले ब्याजबापत सबैभन्दा धेरै १२ अर्ब ६ करोड ४७ लाख रुपैयाँ कमाएका छन् । 

त्यस्तै, नबिल बैंकका निक्षेपकर्ताले ११ अर्ब ११ करोड ३५ लाख रुपैयाँ कमाएका छन् भने एनआईएमबि बैंकका निक्षेपकर्ताले ९ अर्ब ७१ करोड ८२ लाख रुपैयाँ कमाएका छन् । 

यता कुमारी बैंकका निक्षेपकर्ताले ८ अर्ब ३९ करोड २३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकका निक्षेपकर्ताले ८ अर्ब ३८ करोड ६ लाख रुपैयाँ, एनआईसी एशिया बैंकका निक्षेपकर्ताले ७ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकका निक्षेपकर्ताले ७ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ, हिमालयन बैंकका निक्षेपकर्ताले ७ अर्ब १० करोड ९४ लाख रुपैयाँ र प्रभु बैंकका निक्षेपकर्ताले ६ अर्ब ७४ करोड २५ लाख रुपैयाँ कमाएका छन् ।

त्यस्तै, प्राइम कमर्सियल बैंकका निक्षेपकर्ताले ६ अर्ब ५६ करोड ५० लाख रुपैयाँ, सिद्धार्थ बैंकका निक्षेपकर्ताले ६ अर्ब १० करोड ३२ लाख रुपैयाँ, कृषि विकास बैंकका निक्षेपकर्ताले ५ अर्ब ९४ करोड २३ लाख रुपैयाँ, नेपाल बैंकका निक्षेपकर्ताले ५ अर्ब ९३ करोड ४७ लाख रुपैयाँ, एनएमबि बैंकका निक्षेपकर्ताले ५ अर्ब ८८ करोड २० लाख रुपैयाँ, एभरेष्ट बैंकका निक्षेपकर्ताले ५ अर्ब ६० करोड ५१ लाख रुपैयाँ, सानिमा बैंकका निक्षेपकर्ताले ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकका निक्षेपकर्ताले ४ अर्ब ७० करोड ९१ लाख रुपैयाँ, सिटिजन्स बैंकका निक्षेपकर्ताले ४ अर्ब ५७ करोड ९३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकका निक्षेपकर्ताले ३ अर्ब ९१ करोड १४ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकका निक्षेपकर्ताले १ अर्ब ७५ करोड २८ लाख रुपैयाँ कमाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK