Skip to content
LAXMI SUNRISE BANK

झापामा ‘कसलाई मतदान गर्नुहुन्छ ?’ भनेर सोध्न नपाइने, सोधे कारवाही !

अर्थ सरोकार

काठमाडौँ । झापामा ‘कसलाई मतदान गर्नुहुन्छ’ भनेर सोध्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना जारी गर्दै मतदाताहरुलाई ‘कसलाई मतदान गर्नुहुन्छ ?’ भनेर सोध्ने जस्ता कार्य नगर्न निर्देशन दिएको हो ।

‘कसलाई मतदान गर्नुहुन्छ ?’ भनेर सोध्दा मतदाताको गोपनीयता भंग हुने भन्दै कार्यालयले त्यस्तो कार्य नगर्न निर्देशन दिएको छ ।

मतदातालाई कसलाई मतदान गर्नुहुन्छ भन्ने सोधेर सो सामाग्री फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमा राख्नु निर्वाचन आचारसंहिता विपरीत हुने प्रशासन कार्यालयले जनाएको छ ।

‘…मतदाताहरुसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिन्हमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघनको कार्य भएको हुँदा यो सूचना जारी भए पश्चात कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।’, सूचनामा भनिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK