काठमाडौँ । भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ (करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ ।
यसबारे भारतका वित्त मन्त्री निर्मला सीतारमणले आइतबार संघीय संसदमा पेस गरेको केन्द्रीय बजेट २०२६/२७ मा औपचारिक विनियोजन गरिएको छ । यो अनुदान रकम गत वर्षको बजेटको प्रस्तावभन्दा बढी भएको बताइएको छ ।
आर्थिक वर्ष २०२४/२५ मा नेपाललाई ७ अर्ब भारू अनुदान दिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०२३/२४ मा ६ अर्ब ५७ करोड भारु अनुदान दिएको थियो । भारतको छिमेक पहिलो नीति अन्तर्गत यो अनुदान रकम प्रदान गरिएको हो ।
यसले नेपाली विकास प्रयास, पूर्वाधार, स्वास्थ्य, शिक्षा र आपत्कालीन राहत लगायतका क्षेत्रहरूमा दुई देशबीचको दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्