Skip to content
LAXMI SUNRISE BANK

झापा-५: बालेनले गरे ‘बाचा पत्र’ सार्वजनिक, उच्च प्राथमिकतामा शिक्षा र स्वास्थ्य, रोजगारीबारे के छ योजना ?

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ‘बाचा पत्र’ सार्वजनिक गरेका छन् । झापा-५ बाट उम्मेदवारी दिएका शाहले आफ्नो ‘बाचा पत्र’ सार्वजनिक गरेका हुन् । 

‘बाचा पत्र’ मा शाहले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । उनले गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनुपर्ने अधिकार व्यवहारमै सुनिश्चित गर्ने बाचा गरेका छन् । त्यस्तै, काठमाडौँ महानगरमा जस्तै ‘शिक्षामा सीप कार्यक्रम’ कार्यान्वयन गरी विद्यार्थीहरुको विदेश जानै पर्ने बाध्यता न्यूनिकरण गर्ने शाहले घोषणा गरेका छन् । 

त्यस्तै, ‘बाचा पत्र’ मा पूर्वाधार, स्वास्थ्य, कृषि तथा रोजगारी, भूमि व्यवस्थापन, वातावरण, महिला तथा बालबालिका, सुशासन, पर्यटन तथा उद्योग, कला एवम् संस्कृति र खेलकुद क्षेत्रको विकास तथा प्रवर्द्धनका विषय समावेश गरेका छन् । 

यस्तो छ शाहले सार्वजनिक गरेको ‘बाचा पत्र’:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK