Skip to content
LAXMI SUNRISE BANK

कम्बोडिया पठाउने भन्दै ४ लाख ३५ हजार ठग्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं.  ४ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ९ बस्ने ४१ वर्षीय वविलाल लामा रहेका छन् ।

उनले बेरोजगार युवा युवतीलाई रोजगारी र आकर्षक तलबको प्रलोभनमा पारेर कम्बोडिया पठाउने भन्दै ४ लाख ३५ हजार ठगी गरी सम्पर्क विहिन भएका थिए ।

लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं.  ३ बाट पक्राउ गरेको हो । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK