काठमाडौँ । माया खोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । हाइड्रोपावरले एक करोड कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
सेयर जारी गर्नका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ । उक्त नियुक्ति सम्बन्धि सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले माया खोला हाईड्रोपावर लिमिटेडको १,००,००,००० (अक्षरेपी एक करोड मात्र)कित्ता हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमती लिन गर्नु पर्ने कार्यहरु तथा अनुमति पश्चातको बिक्री प्रबन्धकको कार्यहरु गर्नेछ ।
कम्पनीको स्थापना २०६७ सालमा प्रा. लि को रुपमा भई २०७३ सालमा लिमिटेडमा रुपान्तर भएको हो । यस कम्पनीले संखुवासभा जिल्लामा १४ं.९ मे. वा. क्षमताको माया खोला हाईड्रोपावर आयोजनको निर्माण गरि मिति २०८० असार देखि विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरण्लाइे बिक्री गर्दै आईरहेको छ । यस कम्पनीले सर्वसाधारणहरुलाई २०७९ माघमा प्राथमिक सेयर जारी गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्