काठमाडौँ । रामकुमारी झाक्रीले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २ लाख ३६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । खर्च विवरण सार्वजनिक गर्दै झाक्रीले सो रकम खर्च भएको जानकारी दिएकी हुन् ।
उनले सार्वजनिक गरेको खर्च विवरण अनुसार झाक्रीले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सबैभन्दा धेरै खर्च गोष्ठी/कार्यकर्ता परिचालनमा गरेको देखिएको छ ।
गोष्ठी/कार्यकर्ता परिचालनमा मात्र १ लाख २० हजार रुपैयाँ खर्च भएको खर्च विवरणमा उल्लेख छ । त्यसबाहेक झाक्रीले सवारीसाधनका लागि ६० हजार, इन्धनका लागि १५ हजार रुपैयाँ र कार्यक्रम सञ्चालन गर्न १५ हजार रुपैयाँ खर्च गरेकी छिन् ।
त्यस्तै, प्रतिनिधि परिचालन गर्न १० हजार रुपैयाँ, मतदाता नामावली खरिद गर्न ३ हजार, प्रचारप्रसार सामग्रीका लागि ५ हजार, अन्य प्रचारका लागि ५ हजार र विविध विषयमा ३ हजार रुपैयाँ खर्च गरेको झाक्रीले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख गरिएको छ । राष्ट्रिय सभा निर्वाचनमा झाक्री माघ ११ गते लुम्बिनी प्रदेशबाट निर्वाचित भएकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्