काठमाडौँ । एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ । उक्त साझेदारीले ग्राहकहरुलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा प्रदान गर्ने जनाएको छ । यो अफरमा एनसेलका ग्राहकहरूले फुडमान्डुमा गर्ने खानाका परिकारको अर्डरमा १५० रुपैयाँ छुट पाउने भएका छन् ।
फागुन ५ देखि सञ्चालनमा आएको यो अफरमा ९९ रुपैयाँ वा सोभन्दा बढी मुल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले १५० रुपैयाँ छुटको कुपन प्राप्त गर्नेछन् । यो कुपन फुडमान्डुमा एक हजार रुपैयाँ वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउनेछन् । ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्नेछन् । यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरूले त्यही अनुसार एक भन्दाबढी रु १५० छुटका कुपनहरु प्राप्त गर्दछन् र यसरी प्राप्त कुपन फुडमान्डुको मोबाइल एप वा आधिकारिक वेबसाइट मार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिनेछ ।
कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहन्छ र यो अरु कसैलाई दिन पाईदैन, जसले ग्राहक स्वयंले यो सुविधा लिनसक्ने सुनिश्चित गर्दछ । यो अफर एनसेलको रिन्यूवल प्याक, सापाटी प्याक, र गिफ्ट प्याक खरिदमा लागू हुँदैन ।
‘हामी एनसेलमा कनेक्टिभिटी भन्दा पर गएर ग्राहकहरूको जीवनशैलीमा कसरी अर्थपूर्ण प्रभाव पार्न सक्छौ भनेर सधैं काम गरिरहेका हुन्छौं । फुडमान्डुसँगको यो साझेदारी नेपालको दूरसञ्चार क्षेत्रमा भएको यस प्रकारको पहिलो सहकार्य हो, जसले हाम्रा ग्राहकहरूलाई सहजै दुरसञ्चार सेवामार्फत सम्पर्कमा रहँदै अतिरिक्त बचतसहित आफ्नो मनपर्ने परिकारहरूको आनन्द लिन अवसर प्रदान गर्छ,’ एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपङ्ग दत्तले भने ।
यो साझेदारीले एनसेलले डिजिटल सेवाहरुलाई दैनिक जीवनशैलीसँग जोड्दै कसरी ग्राहक सुविधाका लागि काम गर्दैछ भन्ने परिभाषित गरेको छ । फुडमान्डुले हाल काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवलमा आफ्नो सेवा प्रदान गर्दै आएको छ, जसले नेपालको प्रमुख सहरका ग्राहकहरूका लागि यो सहकार्यलाई झन् आकर्षक बनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्