काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एमडीआरटी अचिभर्स अवार्ड-२०२६ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम माघ १३ गते देखि १५ गते सम्म पोखरा ग्रान्डमा आयोजना गरिएको थियो ।
सन् २०२५ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२६’ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको छ ।
पानसमा दीप प्रज्वलन गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तराष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना दिएका थिए । क्वालिफाई भएका अभिकर्ताहरूलाई अन्तराष्ट्रिय स्तरमा गई एक्स्पोजर लिन आग्रह समेत गरेका थिए ।
बीमा क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमा सम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने कुरा बताए । विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बावजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे ।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको तर बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा उनीहरु एकदमै सुरक्षित पेशामा रहेको बताउँदै सो पेशाको गरिमा र महिमालाई ख्याल गर्दै जीवन बीमाको सचेतना आम नागरिकबीच पुर्याउन उनले आग्रह गरे ।
त्यस्तै, कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए । नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिकबीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरेका छन् । पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ताहरु रहेको साथै उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको बताए ।
अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताएका थिए । अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्वलाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन उनले आग्रह गरे ।
३ दिन सम्म चलेको कार्यक्रममा गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले र बद्रि पंगेनीको विशेष गायन प्रस्तुति रहेको थियो । त्यस्तै, कमेडियन सुबोध गौतम र प्रभात लामाले पनि आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा मोटीभेसनल स्पिकर सुगरिका केसीले उपस्थित अभिकर्ताहरुलाई मोटीभेसन प्रदान गरेकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्