Skip to content
LAXMI SUNRISE BANK

आइतबार १९.८५ अंकले घट्यो नेप्से परिसूचक, ९ अर्ब १० करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२९ कम्पनीको २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर खरिद बिक्री हुँदा रू.९ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK