Skip to content
LAXMI SUNRISE BANK

सोमबार २६.०५ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३ सय ४७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिडी पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ७७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, माया खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK