Skip to content
LAXMI SUNRISE BANK

बिहिबार ६.०३ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६५४.९३ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३५ कम्पनीको १ करोड ५३ हजार १४५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब १७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार अपि पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, १०% नबिल डिबेन्चर २०८२ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK