Skip to content
LAXMI SUNRISE BANK

बानेश्वरमा नेपाली स्वादको ‘तुफानी पिज्जा’ सञ्चालन, के-के पाइन्छ ?

अर्थ सरोकार

काठमाडौँ । तुफानी पिज्जा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । काठमाडौँको बानेश्वरमा तुफानी पिज्जा सञ्चालनमा आएको हो ।

माघ २८ गते (बुधबार) देखि सञ्चालनमा आएको तुफानी पिज्जामा नेपाल स्वादको पिज्जासहित बर्गर, तुफानी फ्राइड चिकेन, तुफानी र्याप, एक्प्रेशो बेसका अर्गानिक कफी र फ्रेस जुसहरु पाइने चार्टर्ड एकाउन्टेन्टसमेत रहेका तुफानी पिज्जाका सञ्चालक सिए टिका कार्कीले जानकारी दिएका छन् ।

कार्कीका अनुसार करिब ५० लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको उक्त रेष्टुरेन्टमा प्रिमियम आइटमहरु पनि सस्तो मूल्यमा नेपाली स्वादमा पाइनेछन् ।

हाल बानेश्वरमा खोलिएको तुफानी पिज्जा रेष्टुरेन्ट आगामी दिनमा चेन मोडलमा काठमाडौँ अन्य स्थान र मोफसलमा पनि खोलिने योजना रहेको कार्कीको भनाई छ । तुफानी पिज्जाका परिकारहरु अनलाइनमार्फत फूडमाण्डु, पठाओ र रेष्टुरेन्टको आफ्नै वेबसाइट तथा सोसल मिडियामार्फत पनि अर्डर गर्न सकिने कार्कीले बताएका छन् । 

उक्त रेष्टुरेन्ट कार्की, नुवाकोटका माधव नेपाल र काभ्रेका मनमोहन रिमालको संयुक्त लगानीमा खोलिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK