Skip to content
LAXMI SUNRISE BANK

१०.२५ अंकले घट्यो नेप्से परिसूचक, ११ अर्ब ६५ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ११ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सुपर मादी हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ५६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कालिन्चोक दर्शनका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK