Skip to content
LAXMI SUNRISE BANK

८.९७ अंकले बढ्यो नेप्से, ११ अर्वमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५ सय ८४ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्व १० करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको ७० करोड ५३ लाख २९ हजार ८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, बिहीबारको बजारमा मध्ये भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, कालिन्चोक दर्शनका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK