Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई अपोलो हस्पिटलमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशतसम्म छुट 

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल) मा छुट हुने भएको छ ।

बैंक र नयाँ दिल्लीस्थित उक्त हस्पिटलबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन् ।

बैंकका ग्राहक महानुभावहरुले ln-patient room charge, preventive health check packages र Attendees health checkup सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्  र Outpatient investigation मा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ ।

साथै, Complimentary registration fees, Access to international patient lounge जस्ता सुविधाहरु समेत उपलब्ध हुनेछन् । यसैगरी, काठमाडौं स्थित अपोलो इन्फर्मेसन सेन्टर मार्फत Appointment लिने बैंकका ग्राहकहरुलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल/हस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ ।

उक्त सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैंकले विश्वास लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK