Skip to content
LAXMI SUNRISE BANK

पाल्पा सिमेन्टले फागुन १२ गतेदेखि आईपीओ निष्काशन गर्ने

अर्थ सरोकार

काठमाडौँ । पाल्पा सिमेन्ट इन्डष्ट्रीजले फागुन १२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँड गरेपश्चात कम्पनीले सर्वसाधारणकका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो ।

त्यसमध्ये कम्पनीले १८ लाख ७५ हजार कित्ता सेयर प्रभावित क्षेत्रका स्थानीय र ५ लाख ६२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँड गरिसकेको छ । कम्पनीले २ लाख ८१ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषण र २ लाख ८१ हजार २ सय ५० कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ ।

बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन छिटोमा १५ गते र ढिलोमा फागुन २६ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK