काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कार्यकाल पूरा नगरी मन्त्री पद छोडेर गएकोमा क्याबिनेटका तत्कालीन मन्त्रीहरुप्रति कुनै गुनासो नभएको बताएकी छिन् । सोमबार राष्ट्रिय सभाको बैठकमा पहिलो पटक सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले हाल मन्त्री पद छोडेर चुनावमा होमिएका तत्कालीन मन्त्रीहरुले मन्त्री बन्नु अघि नै राजनीतिमा लाग्ने बताएको प्रष्टिकरण दिएकी छिन् ।
राजनीतिमा लाग्ने थाहा हुँदाहुँदै पनि जेन-जीकै प्रेसरमा उनीहरुलाई मन्त्रि बनाइएको र सोही अनुसार नै बिदा गरेर पठाइएको पनि प्रधानमन्त्री कार्कीले बताएकी छिन् । ‘…जेन-जीको प्रेसरमा उनीहरु आएका हुन् । आए, गए ।’ उनले भनिन्, ‘अहिले सम्पर्क छैन ।’
मन्त्री रहुन्जेल उनीहरुले चिया मात्र खाएर काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले उनीहरुलाई दोष नलगाउन पनि आग्रह गरेकी छिन् । प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्बाट कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता पदबाट राजीनामा दिएर चुनावमा होमिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्