Skip to content
LAXMI SUNRISE BANK

पोखरा एनसेल सेन्टर पुनः सञ्चालनमा

अर्थ सरोकार

काठमाडौं । एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः संचालनमा ल्याएको छ । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेन-जी आन्दोलनका बेलामा तोडफोड पश्चात क्षतिपुगेपछि बन्द रहेको थियो ।

बिहीबार एक कार्यक्रममाझ मर्मतसम्भार पश्चात पुनः सञ्चालनमा ल्याईएको सेन्टरको उद्घाटन गरिएको छ । एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यम प्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन् । सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रुपमा ग्राहक सेवाहरु एक तल्लामाथि रहेको कार्यलयबाट प्रदान गर्दै आएको थियो ।

‘पोखरा सेन्टर बन्द हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । ग्राहकहरुलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्दै निरन्तर सेवा प्रदान गर्नका लागि पोखरामा एनसेल सेन्टर पुनःसञ्चालनमा ल्याउन पाएकोमा खुसी छौं,’ दाहालले भनिन् । कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुनःसञ्चालनमा ल्याएको हो ।

यो सेन्टरबाट ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्छन् । ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्नेछन् । यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ई-सिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने,  ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

पोखरा एनसेल सेन्टरको पुनः सञ्चालनले ग्राहकहरूलाई स्थानीय रूपमा विश्वस्तरीय सेवाहरू प्रदान गर्न कम्पनी सधैँ प्रतिबद्धता रहेको पुष्टि गर्दछ । ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK