काठमाडौँ । २५ लाख रुपैयाँ नेपाली नक्कली नोटसहित १० जना पक्राउ परेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई ‘टार्गेट’ गरेर भारतमा छपाई गरी नेपाल भित्र्याउन ठिक्क पारिएको २५ लाख रुपैयाँ नक्कली नोटसहित १० जनालाई पक्राउ गरिएको हो ।
पूर्वी चम्पारण प्रहरी र विशेष कार्यबल (एसटिएफ) को संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।
उनीहरुले सो नक्कली नोट फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर छापेको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार उक्त नक्कली नोट रक्सौल हुँदै नेपाल भित्र्याउने तयारी गरिएको थियो ।
ठूलो परिमाणमा नक्कली नोटको तस्करी भइरहेको सूचना आधारमा छापा मारेको भारतीय प्रहरीले नक्कली नोटसहित १० जनालाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेकामध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको छ । प्रहरीले सीतामढीको मेजरगंज क्षेत्रमा सञ्चालन गरिएको नक्कली नोट छाप्ने कारखाना पनि ध्वस्त पारेको छ ।
उनीहरुको साथबाट २५ लाख रुपैयाँ नेपाली नक्कली नोट, १८ हजार ५ सय भारतीय नक्कली नोट, नोट छाप्न प्रयोग गरिने हाइटेक मेसिन, नक्कली नोट छाप्न प्रयोग हुने कागज, रसायन र अन्य सामाग्री बरामज गरेको भारतीय प्रहरीले जनाएको छ । भारतीय प्रहरीका अनुसार उनीहरुको साथबाट ३ वटा मोटरसाइकल र एउटा कारसमेत बरामद गरिएको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्