काठमाडौँ । दार्चुलामा नेपाल प्रहरीका बहालवाला प्रहरी हवलदार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुला अन्तर्गत महाकाली नगरपालिका-४ बाङ्गाबगडमा सामुदायिक प्रहरीमा कार्यरत अन्दाजी ३८ वर्षका प्रहरी हवलदार योगेन्द्रसिंह घर्ती सोमबार राती मृत फेला परेका हुन् ।
प्रहरी हवलदार घर्ती मृत फेला परेको महाकाली नगरपालिका-४ का अध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिएका छन् ।
चुनाराका अनुसार हवलदार घर्ती बाङ्गाबगड तल्लो बजारको पछाडिपट्टि मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलको प्रारम्भिक अवस्थालाई हेर्दा घटना शङ्कास्पद देखिएको वडाध्यक्ष चुनाराले बताए । मृतकको टाउकोमा चार-पाँचवटा गहिरा घाउ रहेको र चक्कु प्रहारबाट मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतक प्रहरी हवलदार घर्ती महाकाली नगरपालिका-४ बीच बजारका स्थानीय बासिन्दा रहेको बताइएको छ । घटनापछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला पठाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख (डिएसपी) गौरव महतले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्