काठमाडौँ । दुर्गा प्रसाईंको रिहाईको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रसाईंको सचिवालयले देशव्यापी बन्दसँगै आन्दोलनको घोषणा गरेको हो ।
विज्ञप्ति नै जारी गर्दै प्रसाईंको सचिवालयले बिना कुनै ठोस आधार प्रसाईंलाई पक्राउ गरेर सरकारले नागरिकको वाक स्वतन्त्रता र प्रजातान्त्रिक आधिकारमाथि धावा बोलेको आरोप लगाएको छ ।
‘सरकारले हाम्रो अभियान र प्रसाईंज्यूले उठाउनुभएका जनताका जायज माग सम्बोधन गर्नुको सट्टा राज्य शक्तिको दुरुपयोग गरी उहाँलाई बन्दी बनाएको छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘यो अन्यायको विरुद्ध र उहाँको ससम्मान रिहाइका लागि हामीले पटकपटक शान्तिपूर्ण आग्रह गर्दा पनि सरकारले वेवास्ता गरेकाले हामी बाध्य भई कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न विवश भएका छौँ ।’
प्रसाईंको सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार फागुन ६ गतेदेखि अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरिएको छ । त्यस्तै, उद्योग, कलकारखाना, विद्यालयहरु पूर्ण रुपमा बन्द गर्न आह्वान गरिएको छ । बन्दको समयमा ठाउँठाउँमा विरोध प्रदर्शन र कोणसभा गर्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्