Skip to content
LAXMI SUNRISE BANK

गुल्मीका ९ स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा

अर्थ सरोकार

काठमाडौँ । गुल्मीका ९ स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिएका छन् । मगर दिवसको अवसरमा गुल्मीका ९ स्थानीय तहलै शुक्रबार (१५ गते) सार्वजनिक बिदा दिएका हुन् ।

शुक्रबार सार्वजनिक बिदा दिनेमा कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट, मालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिका रहेका छन् ।

गुल्मीमा १२ वटा स्थानीय तह छन् । ती मध्ये ९ वटा स्थानीय तहले सूचना नै जारी गरेर शुक्रबार सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

सो दिन सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरु बन्द रहनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK