Skip to content
LAXMI SUNRISE BANK

रास्वपाले आइटी क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने !

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइटी क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने बाचा गरेको छ । बिहीबार सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभा कार्यक्रममा बाचा पत्र सार्वजनिक गर्दै रास्वपाले यस्तो बाचा गरेको हो ।

रेमिट्यान्स पछि देशको ठुलो खम्बा बन्ने सम्भावना बोकेको सुचना प्रविधि (आइटी ) क्षेत्र भएको भन्दै रास्वपाले आइटी क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने जनाएको हो । हालको १.५  अर्ब डलरको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पुर्याउने लक्ष्य प्राप्त गर्न एक स्वायत्त आइटी प्रबर्द्धन बोर्ड गठन गर्ने पनि रास्वपाको बाचा पत्रमा उल्लेख छ ।

साथै, आइटी क्षेत्रका लागि विशेष आयकर सहुलियत, वैदेशिक लगानी भित्र्याउने र नाफा लैजान सरल नीति र बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋणको म्याक्रो व्यवस्था गर्ने रास्वपाको लक्ष्य छ ।

त्यस्तै, नेपाललाई ग्लोबल टेक हब बनाउन सातै प्रदेशमा अत्याधुनिक डिजिटल पार्क निर्माण गरी पाँच लाख प्रत्यक्ष रोजगारी सुनिश्चित गर्ने रास्वपाको बाचा पत्रमा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK